कैलालीमा एक पुरुष मृत फेला

Posted on: 19 Jan, 2020

माघ ५, कैलाली | कैलालीको भजनी नगरपालिकामा सोही ठाउँका ५० वर्षीय खडकबहादुर चौधरी मृत अवस्थामा फेला परेका छन् |

माघ ३ गते बेलुकी घरबाट खेतबारी हेर्न जान्छु भनी हिडेका चौधरी अवेरसम्म नआएपछि खोजी गर्दा खेतमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए | 

 चौधरीले  शरीरमा लगाएको कपडा समेत जलेको प्रहरीले जनाएको छ | चौधरीको चटयाङ लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | 

 उनको शव परिक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!