चीनबाट फर्किएका व्यक्ति कोरोनाको आशंकामा सेती अस्पतालको आइसोलेसनमा राखिए

Posted on: 13 Mar, 2020

फागुन ३०, धनगढी | कोरोनाभाइरसको आशंकामा चिनबाट फर्किएका एक व्यक्तिलाई सुदुरपश्चिम सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ | बिहीबार ति व्यक्तिलाई ज्वरो र छाती दुख्ने समस्या देखिएपछि आइसोलेसनमा राखिएको हो |

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने भएकाले देशभरि जुन ठाउँको पनि परीक्षण गर्नुपरे काठमाडौं नै पठाउनुपर्ने हुन्छ | अस्पतालका चिकित्सक जगदिश जोशीका अनुसार बुधबार नै ति व्यक्तिको नमुना लिइएको छ भने आज काठमाडौँ पठाउने तयारी भएको छ |

यसअघि तीन जना कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो | अहिले सेती प्रादेशिक अस्पतालमा दुइटा आइसोलेसन बेड छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!