कैलालीमा विस्फोट, एक जनाको मृत्यु

Posted on: 22 Mar, 2020

चैत ९, धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । 

दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो । 

कैलाली प्रहरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । प्रहरीले उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!