डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला

Posted on: 04 Aug, 2020

साउन २०, गोदावरी । कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ । 

मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिनुभयो । उनीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयवासीले बेपत्ता भएदेखि उनीहरुको खोजी जारी राखेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!