कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु

Posted on: 06 Nov, 2020

कात्तिक २१, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो |

६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!