दश वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका बझाङबाट क्योकुशिनको टिम कैलाली प्रस्थान

Posted on: 19 Feb, 2019

टेकेन्द्र बोहरा | फागुन ७, बझाङ | दस वटा तौलमा ६ वटा स्वर्णक ल्याउँने दावाका साथ खेलाडी पुष्पलाल रोकायाको नेतृत्वमा बझाङ बाट नेपाल क्युकोशिन बझाङको टोली कैलाली प्रश्थान भएको छ ।

कैलालीमा यहि फागुन १० गते देखी सञ्चालन हुने प्रतियोगिताका लागी क्योकुशिन बझाङको टोली मँङ्लवार त्यस तर्प प्रस्थान भएको हो । 

 आठौँ क्षेत्रीय प्रतियोगिताका लागी बझाङ जिल्ला बाट नेपाल क्युकोशिन केन्द्रीय अध्यक्ष समेत रहेका पुस्पलाल रोकायाको नेतृत्वमा १२ जनाको टोली  त्यस तर्फ प्रस्थान गरेको हो ।

 १२ जनाको टोलीमा बझाङवाट प्रकाश सिहँ,सुनिल कुवँर,डम्वर धामी,केशव बोहरा,अनु बिष्ट,मनिशा भाट,हेमन्त बोहरा,सुरेन्द्र बोहरा गरिमा बोहरा गिता अधिकारी चन्दा अधिकारी रहेका छन । 

यो टोलीको टिम व्यावस्थापन हरिस उपाध्यायाले गर्ने भएको क्युकोशिन बझाङले जनाएको छ । 

क्युकोशिनका केन्द्रिय अध्यक्ष रहनुभएका रोकायाले, खेल र खेलाडीलाई बलीयो र दरिलो बनाउँने, अहिलेको परिस्थीतीमा खेलको आवश्यकता भएको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!