राजनीतिक पुर्वाग्रहकै कारण जागिर चट्

Posted on: 28 Mar, 2018

चैत १४,कालिकोट । नरहरीनाथ गाउँपालिका वडा नं. ७ मा राजनीतिक पुर्वाग्रहकै कारण कार्यालय सहायक दलबहादुर बढाको जागिर गएको छ । २०५३ सालदेखि साविकको माल्कोट गाविसको कार्यालय सहायक पदमा काम गर्दै आएका बुढाको स्थानिय निर्बाचन पछि राजनीतिक पुर्बाग्रहकै कारण जागिर गएको हो ।

नरहरीनाथ गाउँपालिका वडा नं. ७ का कार्यालय सहायक बुढाको गत मंसिरदेखि वडा कार्यालयले जागिरबाट हटाएको बताए । सरकारले स्थानीय तहमा पहिलेदेखी काम गरिरहेका कर्मचारीहरुलाई पुनः करारमै काम गर्न लगाउने र प्रदेश लोक सेवा आयोगको पहिलो परिक्षामा आन्तरिक रुपमा हुने जाँचमा सहभागी गराउने भने पनि त्यसलाई लत्याउदै नेकपा माओबादी केन्द्रबाट जितेका वडाध्यक्ष दलबहादुर बिकले राजनीतिक पुर्वाग्रहकै कारण आफुलाई हटाएको बुढाले बताए ।

२१ वर्षसम्म गाविसको कर्मचारी भई सेवा दिएका बुढालाई नरहरीनाथ गाउँपालिका वडा नं ७ का वडाध्यक्षले राजनीतिक पुर्वाग्रही ढंगले एकल निर्णय गरि हटाएको बुढाको दाबी छ । उनले आफ्नो पदमा विज्ञापन नै नगरी अर्को कर्मचारी नियुक्त गरेकोप्रति आपत्ती जनाए ।

गत पुस १८ गते आफु काम विशेषले वडा कार्यालय भन्दा बाहिर रहेको बेला पुस २४ गतेका दिन एकलौटी ठाडो निर्णय गरि आफुलाई हटाएको उनले बताए । उनले गाउँपालिकाका बुद्धिजिवीको भेलाले पुर्नवहालीको लागि गाउँपालिकामा पटक पटक निवेदन दिँदा पनि गाउँपालिकाले वास्ता नगरेको भन्दै दुःख व्यक्त गरे । यता नरहरीनाथ गाउँपालिका वडा नं ७का वडाध्यक्ष दलबहादुर विकले आफु निर्वाचन भईसकेपछि कार्यालयमा निरन्तरता नदिएका कारणले बाध्य भएर अर्को कर्मचारी नियुक्त गर्न परेको बताए ।

स्थानीय तह निर्वाचनमा निर्वाचित भइसकेपछि आफुलाई काम गर्न असहज वातावरण सिर्जना भएकाले आफुले पदबाट हटाउनु परेको वडा अध्यक्ष विकको दाबी छ । उनले वडाको काम नगरि १ महिनासम्म बेपत्ता भएर वडा कार्यालयमा हाजिरी नभएकाले ७ दिनको सूचना निकाल्दा पनि कार्यालयमा उपस्थिति नहुँदा हटाउन परेको बताए ।
२०६८÷०६९ सालको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको जनगुनासो आएकाले आफुले बुभ्mदा बुढाले आफुलाई गालीगलौज गरेका कारण गाउँकार्यपालिकाको निर्णय अनुरुप हटाइएको वडाध्यक्ष बिकको भनाई छ । तर कार्यालय सहायक दलबहादुर बुढाले आफुले नियमित वडा कार्यालयको काम गरिरहेको र वडा अध्यक्षलाई गाली पनि नगेको, वडा कार्यालययमा बिदा मागेर आफु बाहिर गएको बेला हटाईएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!