दलितहरुको जवानी चल्छ तर पानी चलाउँदैनन्

Posted on: 06 May, 2018

कालिकोट २३ बैशाख । दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बर विश्वकर्माले मुलुकका माथिल्ला जातहरुलाई दलित समुदायको हातबाट पानी नचले पनि जवानी चल्ने गरेको बताएका छन् । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपाल कालिकोटको छैटौ जिल्ला सम्मेलन सकिए पछि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सरोज विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमूख अतिथि विश्वकर्माले परापुर्वकालदेखी नै दलित समुदायले भोग्दै आएको पीडा अहिलेको एक्काइसौ शताब्दीमा पनि भोग्न बाध्य रहेको बताए ।  उनले नेपालमा २०६४ सालको संबिधान सभाबाट केही दलित सांसद र मन्त्री भए पनि दलित समुदायको मुक्ति नभएको बताए । 

विगत लामो समयदेखी दलित समुदायमा अन्य प्रभुत्व वर्गको थिचोमिचो सहन बाध्य रहेको भन्दै दलित समुदायसँग पानी नचल्ने तर जवानी चल्ने भन्दै प्रश्न गरे । उनले भने, ‘धारा छुन नमिल्ने कुन कानूनमा छ । मानव अधिकारको उलंघन हुँदा सरकारले किन गम्भीर रुपमा लिदैन् ?’  दलित समुदायको मुक्तिका लागि आफुहरु आन्दोलनमा जान बाध्य हुने उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!