बिदेशबाट फर्किएपछि व्यवसाय सुरु, मासिक डेढ लाख कमाइ

Posted on: 06 Jan, 2018

पुस २२, कालिकोट । जिल्लाको महावै गाउँपालिका निवासी बिनोद बिष्टले गाइपालन व्यवसाय गरी मासिक डेढ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । 

महावै गाउँपालिका वडा नं. ३ निवासी बिनोद बिष्टले बिदेशबाट फर्किए पछि काठमाण्डौमा गाईपालन व्यवसाय गरी मासिक डेड लाख आम्दानी गर्न सफल भएका हुन् ।

रोजगारीका लागि तीन बर्ष मलेसिया गई स्वदेश फर्किएका बिष्टले विदेशको आम्दानी घर घरेडीमा भन्दा व्यवसायमा लगानी गर्ने उद्देश्यले काठ्माण्डौमा गाईपालन व्यवसायको सुरुवात गरेको बताए । 

उनले बिदेशमा गएर कमाएको भन्दा आफ्नै देशमा मेहनत गर्दा तेब्बर आम्दानी गर्न सफल भएको बताए । उनका अनुसार अहिले १० वटा गाईहरु पालेका छन् । दश वटा गाईबाट दैनिक १ सय लिटर दुध बजारमा जान्छ ।

दुध बिक्रि गरेर दैनिक ८ हजार आम्दानी भईरहेको छ । झण्डै सात आठ महिना अघि काठ्माण्डौको महादेव स्थानमा सुरु दाजुभाई गाई फाममा सबैले अवलोकन गर्ने व्यवसायका रुपमा लिएका छन् । 

व्यवसायी बिष्टले भने, ‘धेरै मान्छेहरु आएर मेरो व्यवसाय हेर्ने गरेका छन् । अहिले मैले अरु युवाहरुलाई तीन वर्ष बिदेश जानु भन्दा यस्तै व्यवसाय गर्न सुझाव दिने गरेको छु ।’ उनले सरकारी जागिर भन्दा पनि राम्रो आम्दानी र सहज व्यवसाय गाईपालन रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!