कालिकोटको सिमी र फापर नेपाल खाद्य संस्थानले किन्दै

Posted on: 09 Feb, 2018

कालीकोट २६ माघ । नेपाल खाद्य संस्थान कालिकोटले जिल्लामा उत्पादित सिमी र फापर खरिद गरी जिल्ला बाहिर निर्यात गर्ने भएको छ । विगत ४ बर्षदेखी नियमित रुपमा सिमी र फापर खरिद गर्दै आएको नेपाल खाद्य संस्थान शाखा कालिकोटले यस बर्ष पनि सिमी र फापर खरिद गरी जिल्ला बाहिर पठाउने भएको हो ।

संस्थानका कालिकोट शाखा प्रमूख झक्कुप्रसाद आचार्यले नेपाल सरकारको नीति अनुसार जिल्लाका स्थानीय कृषकहरुको हित प्रबद्र्धनका लागि खाद्य बस्तु खरिद गर्न लागेको बताए । उनले यस बर्ष सिमी एक सय क्वीन्टल र फापर ३० किलोग्राम खरिद गरिने जानकारी दिए ।

संस्थानले हालसम्म ३० क्वीन्टलफापर र ५० क्वीन्टल सिमी खरिद गरिसकेको तथा थप ५० क्वीन्टल खरिद गर्ने जानकारी उनले दिए  ।संस्थानले सिमी प्रति किलोग्राम १ सय २५ रुपैयाँ र फापर प्रति किलोग्राम ८० रुपैयाँका दरले खरिद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!