कर्नालीको मनोविज्ञान, विकासको बाधक

Posted on: 30 Oct, 2017


दलसिंह गिरी | कात्तिक १३, कालिकोट | कर्णालीको मनोविज्ञान विकासको बाधक देखिएको योगेश ढकालले बताउनु भएको छ ।

स्थानीयहरू पनि संकीर्णता प्रकट गर्दै कर्णालीका कार्यालयदेखि योजना बनाउनेसम्म कर्णालीवासी मात्रै हुनुपर्छ भन्ने मान्यता बोकाका कारण कर्नालीको मनोविज्ञान विकासको बाधक रहेको बताउनु भएको छ । कर्नालीबासीमा काठमाडौं वा अन्य क्षेत्रका व्यक्ति, कर्मचारी वा अन्य व्यक्तिलाई शासकहरू भन्ने मानसिकता देखिने गरेको वहाले बताउनु भएको छ ।

कर्नाली समृद्धिका १० शर्त शिर्षक सहितको एक लेख लेख्दै ढकालले ‘कर्णालीभन्दा बाहिरको जो गए पनि हामीलाई शासन गर्न आएको भन्दै विरोध गरिहाल्ने मानसिकता कर्णालीवासीमा छ,’ लेखमा उल्लेख गर्नु भएको छ । अझ कर्णालीभित्र पनि जुम्ला हाबी हुने गरेको छ  । जुम्लाले अन्य ४ वटा जिल्लालाई शासन गर्ने प्रवृत्ति रहेको टिप्पणी समेत गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!