घरमै गएर सामाजिक सुरक्षा भत्ता बुझाइयो

Posted on: 04 Feb, 2018

माघ २१, कालिकोट | जिल्लाको नरहरीनाथ गाउपालिका वडा नं. ४ रुप्सामा आईतबार सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नरबहादुर बोगटीको नेतृत्वमा साविकको रुप्सा गाविसको वडा नं. ९ हाल नरहरीनाथ गाउँपालिका वडा नं. ४ रुप्साको टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कार्यालय सहायक पर्व बोगटीले जानकारी दिए ।

सोमबार रुप्साको अदेलामा, मंगलबार गोठी टोलमा र बुधबार वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नं. ४ का अध्यक्ष नरबहादुर बोगटीले आफुहरुले नागरिकहरुको सहजताका लागि टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!