कालिकोटको पलातामा एक घर एक धारा

Posted on: 23 Feb, 2018

फागुन ११, कालीकोट | खानेपानीको चरम अभाव खेपिररहेको कालीकोटको पलातामा एक घर एक धारा निर्माण अभियान थालिएको छ । खानेपानीको सहज पहुँच पुर्याउन एक घर एक धारा अभियान थालिएको हो ।

पहिलो चरणमा पलाँता गाउँपालिकाले वडा नम्बर– ९ मा एक घर एक धारा निर्माण गर्ने तयारी थालेको पलाता गाउँपालिकाका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताए । ‘यसै आर्थिक वर्षमा वडा नम्बर– ९ का सबै घरधुरीमा स्वच्छ खानेपानी, शौचालय, करेसाबारी, भाँडा सुकाउने चाङ, महिनावारी व्यवस्थापनलगायतका कामहरू हुनेछन्’, उनले भने, ‘सरकारको दिगो विकास लक्ष्य बुँदा नम्बर ६ लाई सघाउ पुग्ने हेतुले एक घर एक धारा र सरसफाई व्यवस्थापनको कामलाई अघि बढाइएको छ ।’

गाउँपालिकाले विकासका कामलाई तीब्रता दिन केही नीतिगत निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘पलाताका वडा नम्बर १, २, ३, ४, ५ र ६ मा सरकारको वृहत खानेपानी आयोजना, वडा नम्बर ७, ८ र ९ मा खानेपानी तथा सरसफाई प्रवद्र्धनका कामहरू गरिरहेका छन्’, उनले भने, ‘खानेपानी आयोजना र एक नमुना शौचालय निर्माण गर्ने दिगो खानेपानी सरसफाईलाई प्राथमिकता दिइएको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!