पलाँता निर्माण कार्यदल: पाँच किलोमिटर खानेपानी आयोजना सम्पन्न

Posted on: 28 Sep, 2018

असोज १२, कालिकोट | पलाँता निर्माण कार्यदलले थलातलसेरी खानेपानी आयोजनाको ५७ सय मिटर पाइप दबाउने काम सम्पन्न गरेको छ । 

थलातलसेरी धौलागोह खानेपानी आयोजना २४ किलो मिटरलामो  खानेपानी आयोजना हो । यसै बर्ष उक्त आयोजना सम्पन्न हुने गरी कार्य संचालन गरिएको गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् । पानी यसै बर्ष धौलागोह पुगेपनि घरघरमा धारा दिने काम अर्को बर्ष बाट सुरु गरिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलातिकान्छाले बताए । 

पलाँता गाउँपालिकाको वडा नं. २,३,४,५,७ र ८ मा खानेपानीको चरम अभाव छ ।  अन्य वडाको तुलनामा पलाँता १,६ र ९ पानीका लागि सहजता भएका वडा हुन् ।


निर्माणदललाइ ड्रेस वितरण

गाउँपालिका अध्यक्ष कोषबाट पलाँता निर्माण कार्यदल लाइ ड्रेस वितरण गरिएको छ । शुक्रबार पलाँता अध्यक्षले पलाँता निर्माणदलका १ सय १५ जनालाइ डे«स वितरण गर्नु भएको हो । डे«स लिन थलातलसेरी खानेपानी आयोजनाबाट थिर्पु ९ पुगेका कार्यदल सदस्यहरुले पलाँतामा विकासको लहर छुटाउने बताए । 

मासिक २० हजार तलव, २ हजार मासिक बचत र २ हजार सामाजिक लगानी गरी जम्मा २४ हजार तलव निर्माण कार्यदलले पाउदै आएका छन् । सामाजिक लगानी कोष बाट बिरामी उपचार, राहत उद्धार लगाएतका कार्यहरु गरिरहेका छन् । झोला, सिलिपिग ब्याग, जुत्ता, हेल्मेट, डे«स, र टिसट पलाँता निर्माण कार्यदलले शुक्रबार प्राप्त गरेका छन् । खानेपानीका लागि बोतल, रेनकोड, टर्चलाइट र १९ जनाको टिममा एक संचार सेट समेत यसै महिनाबाट प्राप्त गर्ने छन् ।

यसै बर्ष पलाँता निर्माण कार्यदल १ सय ५० जना पुग्ने

पलाँता निर्माण कार्यदलको टिममा ३५ जना थप गरेर यसै बर्ष १ सय ५० जना पु¥याइने छ । यो पलाँता निर्माण कार्यदलको दोस्रो बर्ष हो । तेस्रो बर्ष पलाँता निर्माण कार्यदलको संख्या ३ सय पु¥याइने गरि आवश्यक तयारी भइरहेको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद कुस्माले बताए । पलाँता निर्माणदलले अहिले खानेपानी, बिद्युत र सडक निर्माणमा काम गरिरहेका छन् । पलाँतामा ५ वटा साना बिद्युत आयोजना मध्य ३ वटा सम्पन्न भइसकेका छन् । पलाँतामा विकास निर्माण कार्यदल निर्माण भएपछि बिकास निर्माण कार्यमा सहजता आएके छ ।


इन्टरनेट संग जोडियो पलाँता

कालिकोट जिल्लाको दुर्गम गाउँपालिका पलाँता इन्टरनेट संग जोडीएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारी निकायमा इमेल इन्टरनेटको पहँुचमा पुप्याउने उदेश्यले इन्टरनेट जोडीएको हो ।

ईन्टरनेट प्रदायक प्राइभेट संस्था वल्ड लिंक ले पलाँतामा इन्टरनेट पु¥याएको हो । पहिलो पटक शुक्रबार गाउपाँलिका र सरस्वती माध्यामिक बिद्यालयमा इन्टरनेट सेवा दिएको वल्ड लिंकले स्वास्थ्य चौकी, बिद्यालय, वडा पालिकामा इन्टरनेट सेवा दिने पलाँताका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद कुस्माले बताए ।

यहाँ अर्को प्राइभेट इन्टरनेट प्रदायक संस्था एभरेष्ट लिंकले समेत सेवा बिस्तार गरेको छ । संचार सेवा बाट बिमुख पलाँतामा नेपाल टेलिकमले समेत जिएसएम टेलिफोन सेवा संचालन गर्ने तयारी थालेको छ ।

गाउँ पालिकामै पहिलो पटक नेट चलेपछि स्थानीय युवाहरु रातैभरी गाउँपालिका कार्यालय वरीपरी झुम्मीए स्थानीय राजबहादुर बमले बताए ।  बिद्यालयमा ईन्टरनेट सेवा प्रभाव गर्दा स्कुले बिद्याथी र शिक्षक सामाजिक सञ्जालमा बढी बस्त हुने सम्भावना बढेको स्थानीयले बताएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!