अंग्रेजी माध्यमले सामुदायिक विद्यालय विद्यार्थीको आकर्षण

Posted on: 04 May, 2019

वैशाख २१, कालिकोट | महावै गाउँपालिका २ को तिला आधारभूत विद्यालय पादमघाटमा निजी स्कुलमा पढिरहेका विद्यार्थी भर्ना हुँदा विद्यालयमा कक्षा कोठाको अभाव भएको छ। इसिडीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन हुन थालेपछि विद्यार्थीको चाप बढेको हो। कक्षा ८ सम्म पढाइ हुने तिला आधारभूत विद्यालयमा महावै ३ सिमखेत, १ कतमपुर, ७ राम्नीकोटवाडाका काठमाडौं सुर्खेत पढ्न गएका विद्यार्थी विद्यालयको पढाई राम्रो भएका कारणले विद्यालयमा भर्ना भएका छन्।

अंग्रेजी माध्यमबाट विद्यालयमा पढाउन थालेपछि विद्यालयका तल्लो कक्षामा विद्यार्थीको संख्या निकै बढेको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताए। ‘निजी विद्यालयभन्दा राम्रो शिक्षा हाम्रो विद्यालय दिने गरेको छ’ उनले भने,‘अहिले विद्यालयमा भर्ना हुन आउनेको संख्या धानी नसक्नु छ।’ विद्यालयमा तल्लो कक्षाका विद्यार्थीको भर्ना संख्या निकै बढी रहेको प्रधानाध्यपक शाहीले बताए।

‘इसिडीमा मात्र १६८ जना विद्यार्थी भर्ना भएका छन्’ उनले भने,‘विद्यालयमा भर्ना हुन आउनेको संख्या अझैँ बढ्दै गएको छ।’ विद्यालयमा विद्यार्थीको संख्या बढेपछि ओदा फाउण्सेनमा अध्ययनरत ४० विद्यार्थी पनि तिला आधारभूत विद्यालयमा भर्ना भएका छन्। ओदा फाउण्डेसनले ४ जना शिक्षकलाई आफैँ तलव भत्ता दिने सहयोग गरेको विद्यालयका प्रधानाध्याक शाहीले बताए। ‘चारजना शिक्षकसहित विद्यार्थी पनि विद्यालयमा गाभिए’ उनले भने,‘यसले गर्दा विद्यालयलाई निकै सहयोग पुगेको छ।’

विद्यालयमा विद्यार्थीको संख्या बढेपछिनजिकै नेपाल खाद्य संस्थानको खाद्य डिपोमा विद्यार्थीलाई राखेर पढाउने गरिएको स्थानीय तथा नेकपाको युवा नेता चित्रसिंह ‘गाउँले’ले बताए। ‘विद्यालय कक्षा कोठा नपुगेर खाद्य डिपोमा पढाई हुने गरेको छ’ उनले भने, ‘खाद्य भवन पढाउदा पनि अझैँ दुई कक्षा कोठाको अभाव रहेको छ।’ विद्यालयमा निुशल्क पढाउन आइन् पोखराबाट इन्द्रिरा विद्यालयमा दरबन्दी २ जना शिक्षक, एकजना राहत, एउटा कार्यालय सहयोगी मात्र रहेको तिला आधारभूत विद्यालयमा पढाउनका लागि पोखराबाट इन्द्रिरा भट्टराई निःशुल्क विद्यालयमा पढाउन आइपुगेकी छन्।

बैशाख १० गतेबाट निशुल्क पढाउनका लागि आइपुगेकी हुन्। अहिले तिला आधारभूत विद्यालयमा ओदा फाउण्डेसनका ४ शिक्षक, इन्द्रिरा भट्टराई गरेर १२ जना शिक्षकशिक्षिका रहेका प्रधानाध्यापक शाहीले बताए। ‘शिक्षक अभाव रहेको भोलेन्टर टिचर भर्नाको सूचना गरेका छौं’ उनले भने,‘अहिले विद्यालयमा शिक्षक बढाउने योजना बनाएका छौ । तर हाम्रो स्रोत नै छैन।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!