ड्रेसमा सजिए जनप्रभातका बिद्यार्थी

Posted on: 21 May, 2019

जेठ ६, कालीकोट | खाडाचक्र नगरपालिका ८ को जनप्रभात माध्यामिक बिद्यालय सेरावाडाले  शिक्षक तथा बिद्याथीका लागि स्कुल डे«स वितरण गरेको छ । अभिभावक दिवसरको अवसरमा बिद्यालयका १३ जना शिक्षक र २ सय ३७ जना बिद्याथीलाइ ड्रेस बितरण गरिएको प्रधानाध्यापक पदमबहादुर मल्लले बताए ।


कोपिला भ्याली सुर्खेतको सहयोगमा शिक्षक र बिद्याथीलाइ ड्रेस वितरण गरिएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश मल्लले बताए । कर्णाली प्रदेश मुख्य मन्त्रीका स्वकिय सचिव खेमबहादुर सिहको प्रमुख आतित्थ्यतामा अभिभावक भेला गरिएको हो । 


शैक्षिक गुणस्तर बृद्धीका लागि ड्रेस बितरण गरिएको प्रमुख अतिथि सिहले बताए । ड्रेस वितरणपछि बिद्याथीको दैनिक उपस्थिती दर तथा गुणस्तरिय शिक्षामा बृद्धीहुने कोपिला भ्याली सेवा समाज सुर्खेतका अध्यक्ष टोपबहादुर मल्लले बताए ।   बिद्याथीको बिद्यालय २०३४ सालमा स्थापना भएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!