मध्य तथा सुदुरकै अप्सरा बडिमालीका

Posted on: 05 Aug, 2016

दलसिंह गिरी | कालिकोट | समुन्द्री सतह देखि करिब ४ हजार २ सय १९ मिटर उचाइमा रहेको कालिकोट जिल्ला र बाजुरा जिल्लाको सिमानामा पर्ने बडीमालीका धार्मिक पर्यटन स्थल धार्मिक पर्यटकका हिसावले मात्र नभै बहुउपयोगी जडिबुटी हिमाली जनावर तथा चराचुंगी लगायत बहुमुखी सौन्दर्यका हिसाबले महत्वपूर्ण मानिन्छ । अग्ला अग्ला हिमश्रींखलाहरु नजिकै बाट नियाल्न सकिने, डाँफे, मुनाल, कालिजका बथानहरु, मृगका बथानहरु सजिलै नियाल्न सकिने, चार सय बढी जडिबुटीहरु एउटै पाटनमा नियाल्न र चिन्न सकिने मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका केही उदाहरण मात्र हुन् ।


बडिमालीकाको सौन्र्दय भनेकै विशाल फाँटहरु र स सना ताल तथा खण्डहरु हुन् । बडिमालीका धार्मिक मेला बर्षको एक पटक अथवा प्रत्येक वर्ष जनै पूणिर्माका दिन लाग्ने गर्दछ । बडिमालीकामा अवस्थीत दुर्गामाता (माई) को पुजाआजा तथा तृथपिठ गर्यो भने मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वासका कारण बर्षेनी मध्य तथा सुदुरपश्चिम हुदै भारतबाट समेत २० हजार बढी पर्यटकहरु भित्रिने गर्दछन् ।


बर्षेनी २० हजार बढी पर्यटकहरु बढिमालीका भित्रिने गरेपनि प्रयाप्त सुरक्षित पैदलमार्ग तथा यातायातको विकास नभएका कारण तिर्थपिठ गर्ने यात्रीहरुलाई कठिनाई हुने गरेको पाईन्छ । धार्मिक त्रिर्थयात्राको लागि बडिमालीका पुगेका तिर्थयात्रीहरुले एक दिन बडिमालिकामै बास बस्नु पर्ने भएका कारणले प्रयाप्त र ब्यवस्थीत धर्मशाला नभएका कारण पनि तिर्थयात्रीहरु थप कठिनाइमा पर्ने गर्दछन् । जस्तो कठिनाई भएपनि बडिमालीकाको सौन्दर्य र त्यहाको मनमोहले सबै हराउने गरेको तिर्थयात्रीहरु बताउने गर्दछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!