महामन्त्रीको गृहनगरमा माओवादीको रजाई

Posted on: 18 May, 2017


दलसिंह गिरी | जेठ ४, कालिकोट | सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस निकट नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको गृहनगर खाडाचक्र नगरपालिका वडा नं. २ को वडा प्रतिनीधिमा माओवादीको रजाई भएको छ । 

स्थानीय तहको जनप्रतिनीधिका चयनका लागि यहि गएको बैशाख ३१ भएको निर्वाचनबाट २ नम्बरका सबै वडा प्रतिनीधि माओवादी केन्द्रका निर्वाचित भएपछि माओवादीको रजाई भएको हो ।

करिव १ हजार ४ सय ८ मतदाता रहेको वडामा वडा प्रतिनीधिका लागि पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा नं. २ का वडापालिका अध्यक्ष उम्मेदार विर्ख विक नेतृत्वको पुरै प्यानल विजयी भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!