कालिकोटको कालिका गाउपालिकामा एमाले अघि माओवादी पछि

Posted on: 20 May, 2017

दलसिंह गिरी | जेठ ६, कालिकोट | मत गणना भैरहेको कालिका गाउपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार गाउँपालिका प्रमुखका लागि नेकपा एमालेका उम्मेदार खडानन्द चौलागाई १ हजार मत ल्याएर फराकिलो अन्तरमा अधि बढ्नु भएको छ भने माओवादी केन्द्रका उम्मेदार गोविन्द प्रसाद आचार्यले ५ सय २४ मत ल्याउनु भएको छ । 

यस्तै नेपाली कांग्रेसका अभयराज शाहीले ९४ मत ल्याउनु भएको छ । उपप्रमुखका उम्मेदार नेकपा एमालेका पम्फा शाही ७ सय ७४ मतले अधिअधि रहनु भएको छ भने नेपाल मजदुर किसान पार्टीका उमेन्द्र शाहीको ५ सय ३१ मत ल्याएर पछ्याई रहनु भएको छ । माआवोदी कन्द्र र नेपाल मजदुर किसानपार्टीको तालमेल अनुसार शाहीको उम्मेदारी रहेको थियो । यस्तै नेपाली कांग्रेसका धर्माशाहीले १ सय ७६ ल्याउनु भएको छ ।

वडा नं. १ बाट सुरु भएको मतगणना परिणाम अनुसार वडा नं. १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदार विर बहादुर बुढा विजयी हुनु भएको छ भने अन्य ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका छन् । वडा नं. १ मा नेपाली कांग्रेस र एमाले विच तालमेल भएका कारण यस्तो जतिजा बाहिर आएको हो । यस्तै वडा नं. २ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रका मन बहादुर शाहीको पुरै प्यानल बिजयी भएको छ भने वडा नं. ३ र ४ को मत गणना जारी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!