प्रकाण्डकै गृहनगरबाट ५८ प्रतिशत मत खस्यो

Posted on: 21 May, 2017

दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्द्रमा आज जम्मा ५ सय ७ मत शान्तिपूर्ण रुपमाखसी सम्पन्न भएको हो । 

आज विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले ५ बजे सम्म संचालन भै मतदान प्रक्रिया शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्नपछि आजै सबै टोली पतपेटीका सहित नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउमा फर्किसकेको र आज साझैबाट मतगणना सुरु हुने कार्यालयले जनाएको छ । जिल्लाका अन्य ३ वटा नगरपालिका र ५ वटा गाउपालिकामा यसअधि नै मतगणना भै विजयी घोषणा सहित विजयी प्रमुख तथा उपप्रमुख लगायत अन्य पदाधिकारीहरुले कार्यभार समालिसकेका छन् । 

नरहरीनाथ गाउपालिकामा करिव ९ हजार ८ सय १७ मतदाता रहेकोमा करिव ७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । नरहरीनाथ गाउपालिकाको सेरापाटा मतदान केन्द्र बाहेक अन्य केन्द्रमा ३१ गते नै मतदान प्रक्रिया सम्पन्न भैसके पनि स्थगित मतदान केन्द्रका कारण आज सम्म रोकिएको थियो । सबै मतपेटिका निर्वाचन अधिकृत कार्यालय तर्फ आइसकेकाले अबको २ दिन भित्र नरहरीनाथ गाउपालिकाको मतपरिणाम सम्पन्न गर्ने गरी तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!