जिसस कालीकोटमा माओबादी केन्द्र विजयी

Posted on: 10 Aug, 2017

साउन २६, कालीकोट । जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् । 

आज भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर शाहीले छ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताउनुभयो । 

त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी हुनुभएको छ भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!