कर्नालीले सधै किन्ने हैन अब बेच्छ पनि: उर्जामन्त्री शाही

Posted on: 27 Aug, 2017

दलसिंह गिरी | भदौ ११, कालिकोट | कर्नालीले सधै किन्नेमात्र हैन अब बेच्ने बेला आएको उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताउनु भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय उद्घाटनको शिलशिलामा प्रदेश नं. ६ मा आउनु भएका शाहीले कर्नाली क्षेत्र हाइड्रोपावरको भण्डारण रहेकाले विद्युत उत्पादन गरिने भन्दै यस्तो कुरा बताउनु भएको हो । प्रदेश विकासको पहिलो आधार जलश्रोत ब्यवस्थापन भएकाले  हाइड्रोपावर विस्तार पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । 

जलविद्युतको सम्भावना अध्ययनका लागि चिनीया टोली र उर्जामन्त्रालयका अन्य पदाधिकारी सहित सुर्खेत मुगु, जुम्ला हुदै कालिकोट आउनु भएका मन्त्री शाहीले कर्नालीलाई तत्काल जलविद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोड्न टेण्डर खुलीसकेको मन्त्री शाहीले बताउनु भएको छ ।

दैलेखबाट भर्ता हुदै ३३ कबि र दैलेखबाट महाबु हुदै ६० केवि विद्युत लाईन विस्तार गरी कालिकोट जुम्ला लगायतका अन्य क्षेत्रमा एक बर्ष भित्रै विद्युत विस्तार गरिने मन्त्री शाहीले बताउनु भएको छ । प्रदेश नं. ६ का ३ वटा जिल्ला आजै घुम्नु भएको शाही सहितको टोली जाजरकोट सम्म पुग्ने कार्यक्रम भएपनि समय अभावका कारण पुग्न नसकिएको अध्ययटोली श्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!