सुनसान जिल्ला सवन्वय समिति

Posted on: 01 Nov, 2017

दलसिंह गिरी/कात्तिक १५, कालिकोट । विगतमा निकै भिडभाड हुने जिल्ला सवन्वय समिति (जिल्ला विकास समिति) अहिले भने प्रायः सुनसान नै हुने गरेको छ । 

विकास निर्माणका योजनाहरु सबै स्थानीय तहबाट नै विनियोजित गर्ने रकम सिधै स्थानीय तहमा गएका कारणले जिल्ला समन्वय समिति सुनसान बनेको हो ।

जिल्ला समन्वय समितिले जिल्लाको विकास निर्माणको काममा समन्वय मात्र गर्ने स्थानीय शासन ऐनमा व्यवस्था गरिएका कारणले पनि जिल्ला समन्वय समिति बेकामे बनेको हो । 

जिल्ला समन्वय समितिले गर्ने काम कर्तव्य अधिकार बिषयमा अहिले पनि स्पष्ट कानून नबनेका कारणले जिल्ला समन्वय समिति सुनसान भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

‘जिल्ला समन्वय समितिले गर्ने काम, कर्तव्य र अधिकार बिषयमा अहिले पनि स्पष्ट कानून बनेका छैन्’ उनले भने, ‘यहाँबाट विकास निर्माणका काम पनि हुँदैनन् । त्यसैले सुनसान बनेको हो ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!