चुनावसंग जोडिएन गरीबी, दिनहुँ भारत जानेको लर्को

Posted on: 09 Nov, 2017

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । आगामी मंसिर १० गते हुने निर्वाचननजिकिदैँ गर्दा यहाँका स्थानीयबासी चुनाव भन्दा पनि रोजगारीका लागि भारत जान थालेका छन् । 

गाउँमा रोजगारी कुनै व्यवस्था नहुँदा जिल्लाका पलाँता गाउँपालिका, नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाका अधिंकास मानिसहरु रोजगारीका लागि चुनावको मुखैमा भारत लगायतका नेपालका बिभिन्न सहरमा पसेका हुन् ।

गाउँघरमा चुनाव भन्दापनि मानिसहरुले  रोजगारीको चिन्ता बढी भएका कारणले भारत लगायतका देशका बिभिन्न सहरमा पसेका गाउँहरु प्रायःखाली रहेको मतदाता रोक्नपनि नसकिएको नेपाली कांग्रेसका उपसभापति शंकर उपाध्यायले बताए । ‘मानिसहरु रोजगारीका लागि भारत लगायतका नेपाल कै विभिन्न सहरमा पसेका छन्’ उनले भने, ‘रोक्न पनि सकिदैँन् । रोजगारीमा जाने यही मौसममा हो ।’ 

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारहरू मनोनयन दर्ता गरेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । सबै पार्टीले गाउँ–गाउँमा पुगेर चुनाव अघि कतै नजान आफ्ना कार्यकर्ता र आम मतदातालाई आग्रह गरिरहेको भएपनि कालिकोटमा बामगठबन्धन दलमा आवद्ध कार्यकर्ताहरु आफ्नो पार्टीले सहजै जितिहाल्ने भनेर रोजगारीमा गएको, लोकतान्त्रिक दलसँग आवद्ध कार्यकर्ताहरु आफुहरु हार मानेर रोजगारीमा जाने गरेको तिलागुफा नगरपालिका–१ नाग्मबजारका मायालाल महताराले बताए । ‘गाउँमा रोजगारी को कुनै व्यवस्था छैन्’ उनले भने,‘कैयौं मान्छे मतहालेर के पाउँछौं । काम गरे बर्षभरी खान त पुग्छ भनेर मुग्लान पसेका छन् ।’

गाउँमा रोजगारीको व्यवस्था नभएको र नेताहरुलाई मतहालेर मात्र खान नपुग्ने त्यसैले भारतमा रोजगारीमा जाने लागेको तिलागुफा नगरपालिका १ नाग्मका नयाँराम भेरिकारले बताए । ‘नेताहरुलाई भोट हालिकन के दिन्याछन्’ उनले भने,‘भारत गया बर्खाभरी खान त पाइन्छ ।’

दलहरुले कालिकोटमा ४० प्रतिशत मतदाता भारत लगायतका देशका विभिन्न सहरमा रोजगारीको गएको अनुमान गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!