आईलाग्ने माथि जाईलाग्न तयार छौं: भरत बम

Posted on: 11 Nov, 2017

दलसिंह गिरी/कार्तिक २५, कालिकोट । यहि आउदो मंसिर १० र २१ गते हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन जनघाट भएकाले कसैले बल प्रयोग गरेर निर्वाचन गर्न खोजे त्यसको प्रतिकारमा उत्रिने नेकपाका केन्द्रीय पोलिटब्युरो सदस्य भरत बम बताएका छन् । 

यहि आउदो मंसिरमा हुने निर्वाचनलाई लक्षित गरी जनताहरुलाई अबहुने निर्वाचनले जनतालाई पु¥याउने असरबारे जानकारी गराउन भन्दै आयोजना गरिएको आम सभाको सम्बोधन गर्दै पोलिटब्युरो सदस्य बमले यस्तो कुरा बताएका हुन् ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बमले हालका स्थानीय निकायका जनप्रतिनिधि भनाउदाहरुले राज्यको ढुकुटी सिध्याउने गरी सेवा सुविधाको नाममा मोटरसाईकल, ल्याप्टव, क्यामेरा जस्ता अनावश्यक उपकरणहरु प्रयोग गरिरहेको भन्दै यसको हिसाब किताब गर्ने चाजोपाजो भैरहेकाले यसको नतिजा चाडैं आउने बमले बताएको छन् ।

जिल्ला सदरमुकाम मान्म देखि पश्चिम उत्तरतर्फ पर्ने रास्कोट नगरपालिकाको स्यूना बजारमा शनिवार आयोजना गरेको आमसभामा सम्बोधन गर्दै अनेमसंघकी केन्द्रीय महासचिव एवं पूर्व सभासद धिरेन्द्रा उपाध्यायले १० बर्षे सशस्त्र द्धन्द्धले आर्जेको उपलब्धी केही सहकर्मी मित्रहरुको सत्तालुप्त मानसिकताका कारण हाल उपलब्धी गुम्दै गएको भन्दै यसलाई दलदलमा फस्न नदिन नेकपाले प्रतिक्रान्तिको अभियान अगाडी बढाएको बताएकी छन् ।

 नेकपा कालिकोटका जिल्ला सदस्य छत्रबहादुर बमको अध्यक्षता केन्द्रीय पोलिटब्युरो सदस्य भरतबमको प्रमुख आथित्यता तथा अनेमसंघकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायको विशेष आथित्यतामा आयोजित सभामा सामना सास्कृतिक परिवारका कलाकारहरुले शास्कृतिक झलक समेत देखाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!