‘म ढाँट्ने छैन, काम गरि देखाउने छु’: सांसद शाही

Posted on: 30 Dec, 2017

पुस १५, कालीकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेश सभा साँसदका लागि सिफारिस भएकी शोशिला शाहीले कालीकोटबाट जितेर जाने नेताहरुले जस्तो आफुले नढाँट्ने बताएकी छिन् । 

कालीकोटको बिकासका नाममा विभिन्न पार्टीले जनतालाई ढाँटेको भन्दै आफलुले काम गरेर देखाउने उनले बताईन् । अबको संसदमा आफुले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवाज उठाउने उनको भनाई छ ।


प्रदेश नं. ६ मा राप्रपाले प्रदेशसभामा पाएको एक सिटमा शाहीलाई सिफारिस गरेपछि उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान थाल्ने बताईन् । जिल्लाको विकासका लागि सधै जनताको साथमा रहने उनको भनाई छ । 

कर्णाली प्रदेशलाई हिंसामैत्री प्रदेशका रुपमा विकास गर्न आफुले अभियान थाल्ने उनले आफ्नो योजना सुनाईन् । ‘कर्णालीका महिलाहरुको सामाजिक बिकासमा लागि मेरो पहल हुने छ’ उनले भनिन्, विभिन्न विभेदबाट पीडितहरुका लागि म निरन्तर लाग्ने छु ।’

कालिकोट जिल्लामा रहेका बिभिन्न धार्मिक मठमन्दिरहरु, देवाताका माडुहरु र धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रहरुको विकासलाई पहिलो प्राथमिकता दिने उनले बताईन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!