जिल्लाकै कान्छा वडाध्यक्षले नै पढाउने भए सव–इन्जिनियर

Posted on: 10 Jan, 2018

दलसिंह गिरी | पुस २६, कालिकोट | जिल्ला सदरमुकाम खाडाचक्र देखि पश्चिम तर्फ पर्ने शान्नित्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेश बमले निःशुल्क सव ईन्जिनियर पढाउने घोषणा गरेका छन् । शान्नीत्रिबेणी गाउपालिकाका असाहाय, विपन्न दलित, न्युन आयश्रोत भएका जेहेन्दार विद्यार्थीलाई निशुल्क सव ईन्जिनियर पढाउन छात्रवृत्ती कोषको घोषणा गर्दै यस्तो कुरा बताएका हुन् । शान्नीत्रिबेणी गाउपालिकाभर हरेका विद्यार्थी प्रतिबर्ष ३ जनालाई छनोट गरी  आफ्नै ब्यक्तिगत लगानीबाट सव ईन्जिनियर पढाउने बमले बताएका छन् ।

पढ्ने क्षमता र चाहाना भएका तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा हाँसिलगर्न सहज पुर्याउने उद्देश्यले छात्रबृत्तिकोषको स्थापना गरेको बताउदै बमले आफु वडा अध्यक्ष रहँदा सम्मको पाउने सेवा सुविधा समेत उक्त छात्रवृत्तिकोषमा लगानी गरिने बताएका छन् ।


आफ्नो घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफुले उ बेला सोचे अनुसारको शिक्षा हासिल गर्न धेरै समस्या झेल्नु परेको अनुभव सुनाउदै बमले आफुले भोग जस्तो समस्या अबका युवाहरुले भोग्न नपरोस् भन्नेहेतुले यस्तो कोषको स्थापना गरिएको  बताएका छन् ।’ 

वडा अध्यक्ष बमले केही समय अघि आफ्नै लगानीमा २१ जना आमा बुवा गुमाएका असहाय बालबालिकाहरुलाई प्रति व्यक्ति ३ हजार बराबरको शैक्षिक सामग्री समेत प्रदान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!