मृतकका आफन्तलाई राहत वितरण

Posted on: 27 Apr, 2017


बैशाख १४, कालिकोट । यहि गएको बैशाख ६ गते नरहरीनाथ गाउपालिका वडा नं.१ स्थीत जितेबजार नजिकै पहिरोमा परेका मृतकका आफन्तलाई आज राहत वितरण गरिएको छ । 

पहिरोमा परी नरहरी नाथ गाउपालिका वडा नं. ४ निवासी बर्ष ४० का विर्ख वि.क उनका १ चोरी र पत्नीको घटना स्थलमै मृत्यु भएपछि उनका २ छोराहरुलाई शैक्षिक सामाग्री, लुगालत्ता सहित खाद्यान्न राहत स्वरुप वितरण गरिएको हो । 

सेभ द चिल्डेनको सहयोगमा भिडिसेफ द्धारा संचालित युवा सशक्तिकरण परियोजना मार्फत मृतकका २ जना छोराहरुलाई करिव १ महिना खान पुग्ने खाध्यान्न, शैक्षिक सामाग्री, स्कुलड्रेस, लत्ताकपडा सहित नगद १ हजार ५ सय बाटोखर्च स्वरुप राहत उपलब्ध गराइएको छ । 

विपन्न समुदायका बालबालिकाहरुलाई कुनै आपत्कालिन सहयोग गर्ने उद्देश्यले युवा शसक्तिकरण परियोजना द्धारा हिमचुली कृषि सहकारीमा जम्मा गरिएको ५ लाख बराबरको बाल अनुदान कोष, परियोजना संचालित गाविसमा परिचालित घुम्तीकोषको १० प्रतिशत गरी करिव साढे ८ हजार बराबरको राहत उपलब्ध गराइएको हो । 

मृतक विकका २ छोरा प्रकाश र सरोज हाल आफन्तको आश्रयमा रहेका छन् । छोरा प्रकाश हाल विश्यकुना मावि कक्षा ८ र सरोज कक्षा ७ मा अध्ययनरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!