बालमैत्री आचार संहिताका सवालमा पत्रकार जिम्मेवार हैन थप जिम्मेवार होः प्रजिअ सुवेदी

Posted on: 28 Jun, 2017


दलसिंह गिरी/असार १४, कालिकोट । बालमैत्री आचार संहिताका सवालमा पत्रकारिता पेशा जिम्मेवार मात्र नभै थप जिम्मेवार रहेको प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीले बताउनु भएको छ । 

बालबालिका संग सम्बन्धित कुनैपनि घटनाहरु बढी सम्बेदनशिल हुने भएकाले ति घटनाहरु सम्प्रेशण गर्दा बालबालिकाको भविश्यमा कुनै खलल् नपुग्ने गरी सम्प्रेशण गर्नु पर्ने हुदा पत्रकारीता पेशा थप जिम्मेवार रहेको बताउनु भएको हो ।

जिल्लामा कृयाशिल संचारकर्मी र संचार माध्यमका लागि बालमैत्री आचार संहिता बारे एक दिने अभिमुखीकरण कार्यक्रममा सम्बोध गर्दै सुबेदीले पत्रकारहरुलाई बालबालिका संग सम्बन्धित कुनैपनि  घटना सम्पे्रशण गर्दा बालमैत्री आचारसंहिता भित्र रहि घटना सम्पे्रशण गर्न आग्रह गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गिरघारी सुवेदीको प्रमुख आथित्यता तथा जिल्ला बालकल्याण समिति कालिकोटका कार्यवहाक अध्यक्ष लालबहादुर मल्लको विशेष आथित्यता, जिल्लामा कृयाशिल सम्पूर्ण पत्रकारहरुको उपस्थिति रहेको छ ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको आर्थिक सहयोग जिल्ला बालकल्याण समिति कालिकोटको समन्वय तथा नेपाल पत्रकार महासंघ कालिकोटको आयोजनामा आयोजित अभिमुखिकरणमा कार्यक्रमको औचित्यबारे नेपाल पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष एवं सल्लाहकार कालिबहादुर मल्लले प्रकाश पार्नुभएको छ । भने  समाचार लेखनमा अपनाईने सतर्कता र फिचर लेखन शैलीबारे पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डेले अभिमुखिकरण गर्नु भएको छ ।

नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारीले संचालन गर्नु भएको अभिमुखिकरणमा सेभ द चिल्डेनका जिल्ला संयोजक विजय विश्वकर्मा, बालअधिकार अधिकृत बाले विश्वकर्मा, किर्डाक नेपालका प्रतिनिधि लगायत अन्य सबै पत्रकारहरुको उपस्थिति रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!