तिन हप्ता वित्न नपाउदै कर्नाली राजमार्गमा फेरी बस दुर्घटना

Posted on: 01 Jul, 2017

दलसिंह गिरी/असार १७, कालिकोट । कर्नाली राजमार्गमा बस दुर्घटना भएको ३ हप्ता वित्न नपाउदै पुन बस दुर्घटना भएको छ । 

कर्नाली राजमार्गको कालिकोट जुम्ला सडक खण्ड अन्तर्गत खाडाचक्र नगरपालिका वडा नं. ८ सेराबाडामा बस दुर्घटना भएको हो । आज आज शनिवार दिउँसो जुम्लाबाट नेपालगंज तर्फ आउदै गरेको कर्नाली यातायातको ना ५ ख ३९४३ नं.को बस दुर्घटना हुदा ५ जना घाईते भएका छन् ।

बसमा सवार २२ जना मध्य ५ जना मात्र घाईते भएका छन् । घाइते हुनेमा चन्दननाथ नगरपालिका ८ जुम्ला घर भएका सहचालक टेकेन्द्र धराला सर्खेत भेरीगंगा नगरपालिका ११ छिन्चुका खड्क बाहोरा, कालिकोट खाँडाचक्र नगरपालिका —१ की रश्मी नेपाली, बिरेन्द्रनगर नगरपालिका ११ सुर्खेत कि माया रावत, बस चालक बलबहादुर चुनारा रहेको बस दुर्घटना स्थलमै रहेको प्रहरीले बताएको छ ।

घाइते पाचै जनाको अहिले जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । उपचारमा रहेका डा. कौशल अलिका अनुसार घाइते ४ जनाको टाउँको र मुखमा चोट लागेको छ भने १ महिलाको छाति र हातमा चोट लागेको जनाइएको छ ।

यस अधि गएको जेठ ३० गते कालिकोट देखि महेन्द्रनगर तर्फ छुटेको पवनदूत यातायातको काँक्रेविहार समितिद्धारा सञ्चालित ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कालिकोट सुर्खेत अन्तर्गत दैलेख आठबीस नगरपालिका–९ खिडीज्यूला नजिकैको भेल्तडीमा दुर्घटना हुदा कालिकोटका ८ सहित ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!