बाल सवाल उजागरका लागि बाल पत्रकार तालिम संचालन

Posted on: 21 Aug, 2017

दलसिंह गिरी/भदौ ५, कालिकोट । स्थानीय स्तरमा बिद्यमान बालबालिकाहरुका समस्याहरुलाई संचार माध्याम मार्फत सार्वजनिकरण गरि बालबालिका सवालहरु सम्वोधन गर्न र गराउनका लागि जिल्लाभर २४ जना बालपत्रकार तालिम संचालन भएको छ । 

सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोट द्धारा संचालित सहयात्रा परियोजना अन्र्तगत बालअधिकारका लागि परियोजना संचालन भएका साविकका १२ वटा गाविसहरु (मुम्रा, मेहलमुडी, रकु, कोटवाडा, कुमालगाँउ, रुप्सा, माल्कोट, लागु, राँचुली, फोइमहादेव, चिल्खाया, ओदानकु) का २४ जना बालबालिकाहरु छनोट गरी रेडियो थाहा संचार द्धारा तालिम संचालन भएको छ । 

स्थानीय सामुदायिक रेडियो नयाँ कर्णालीको समन्वयमा संचालित तालिममा समुदाय स्तरमा बालबालिका माथिका हिँसा, दुब्र्यवहार, शोषण, भेदभाव, बालविवाह, शिक्षक र बिद्यार्थी अनियमितता, बिद्यार्थी तथा समुदाय स्तरमा बालबालिकाहरुको नेतृत्वमा गर्ने उदेश्यले बालपत्रकारहरुको शूरुवात गरिएको रेडियो नयाँ कर्णालीका स्टेशनम्यानेजर भरतराज बिष्टले बताएका छन् । 

बालअधिकार संरक्षण र प्रर्बधनका क्षेत्रमा बालबालिकाहरुको आवाज स्थानिय संचार माध्याम मार्फत सरोकारवा सम्म पुर्याई उक्त समस्याहरुलाई समाधान गर्ने र बालबालिका समस्याहरुलाई  सामाजिक सरोकारको रुपमा स्थापित गराउनुका साथै पत्रकारिता क्षेत्रमा बालबालिकाको नेतृत्वबिकास गर्ने उदेश्य तालिमले लगेको सेभ द चिल्ड्रेनका शिक्षा अधिकृत प्रमोद न्यौपाने बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!