कालिकोटमा इजाजत विनाका पसलमा सिलबन्दी

Posted on: 09 Nov, 2017

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । इजाजतपत्र नलिई मदिरा बिक्रि गर्ने जिल्लाका ९ वटा पसलहरु सिलबन्दी गरिएका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका ९ वटा पसल सिलबन्दी गरिएका हुन् । 

इजाजतपत्र नै नलिई मदिराको कारोबार गर्ने, अयन्त्र जिल्लाबाट इजाजतपत्र लिएर कालिकोटमा ब्यापार गर्ने व्यापारीको पसलमा सिलबन्दी गरिएको कोष तथा लेखा नियन्त्रण  कार्यालय कालिकोटका प्रमुख जयबहादुर कटुवालले जानकारी दिए । 

‘होटल तथा रेष्टुरेन्टले घरेलु (लोकल) मदिरा ग्राहकलाई विक्रीवितरण गर्न पाइँदैन । होटल तथा रेष्टुरेन्टहरुले मदिरा बेचविखन गर्न पाउने इजाजतपत्र लिए÷नलिएको, गरी  अन्तःशुल्क नतिरे पसलहरुमा मदिरा जफत सहित सिलगरिएको कटुवालले बताए  उनले भने ‘अवैध रुपमा मदिरा उत्पादन तथा विक्री वितरण गरेको पाईएमा त्यस सामाग्री जफत गरी संलग्नलाई पक्राउ तथा कानून बमोजिम कारवाही समेत गर्न सकिने छ ।’

जिल्लामा बिभिन्न ठाउँबाट करिब इजाजतपत्र नलिएर मदिरा कारोबार गर्नेबाट ५ लाख बराबार मदिरा जफतगरिएको र ४ लाख घेरलु मदिरा नष्ट पारिएको कोष तथा लेखानियन्त्रक कार्यालय प्रमुख कटुवालले बताएका छन् । 

चुनावकाबेला मदिराका कारणले धेरै घटना हुन सक्ने सम्भावना रहेका कारणले आफुहरुले मदिरा नियन्त्रणको अभियान नै थालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएपी सुवासचन्द्र बोहोराले बताए । ‘चुनावका बेला अधिंकाश घटना मदिरा काकारणले हुने गरेको छ’ उनले भने, ‘त्यसलाई नियन्त्रणमा लिन कडा कदमचालेका छौं ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!