हिंसा विरुद्धको रणनितिक योजना सार्वजनिक

Posted on: 10 Nov, 2017

कालिकोट २४, कालीकोट । महिला तथा वालवालिका विरुद्ध हुने हिंसाको अन्त्य गर्न पाँच वर्षे महिला तथा वालवालिका सेवा केन्द्र रणनीति योजना ०७४सार्वजनिक गरिएको छ । 

घरेलु हिंसा,यौन शोषण,यौनजन्य अपराध,वालयौन दुव्र्यवहार, वालविवाहजस्ता हिंसाको प्रभावकारी नियन्त्रण गर्न,अनुसन्धान गरी पीडकलाई कारवाही तथा पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ पाँच वर्षे रणनीतिक योजना तयार गरिएको हो ।

सेभ द चिल्ड्रेन, किर्डाक नेपालको सहयोगमा जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा प्रकाशन गरिएको रणनितिक योजनामा कालिकोटको परिचय,महिला तथा बालवालिका सेवा केन्द्र र सम्वन्धित केन्द्र, क्षेत्र र जिल्लावाट अपेक्षित भूमिका र कार्यहरु,महिला तथा बालवालिकाविरुद्ध हुने हिंसाका बारेमा जानकारी गराइएको छ ।

यस्तै महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको न्यूनिकरणकालागि कानूनी प्रावधानका बारेमा उल्लेख गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी सुवासचन्द्र वोहाराले वताए । 

जिल्लाप्रहरी कार्यायलका प्रहरी इन्सपेक्टर सूर्यवहादुर वोगटी र निरज चौलागाईले संयुक्तरुपमा सार्वजनिक गरेको रणनितिक योजनामा बालविवाह,जवरजस्ती विवाह,वहुविवाह सम्वन्धि उजुरीको सेवा केन्द्रमा ३० प्रतिशतले वृद्धि गर्ने,सेवा केन्द्रमा उजुरी गरिएकाहरु मध्ये कम्तिमा ६० प्रतिशत पीडितहरुको समाजमा पूर्नस्थापना गर्ने लक्ष्य राखिएको जिल्ला बालकल्याण समितिका कार्यवाहक अध्यक्ष लालवहादुर मल्लले वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!