कालिकोटमा निमोनियाले एकै टोलका तीन शिशुको मृत्यु

Posted on: 19 Jan, 2018

दलसिंह गिरी/माघ ५, कालिकोट । एक सातामा एकै टोलका तीन जना शिशुको मृत्यु भएको छ । 

निमोनियाका कारण खाँडाचक्र नगरपालिका वडा नं. ४ ताडिका बाँचे बि.क.की १ महिना नातिनी रश्मी बि.क.,दत्त बि.क.का ९ महिनाको छोरा लक्ष्मण बि.क., गोवि बि.कको १६ दिनको छोराको मृत्यु भएको हो ।


अत्यधिक जाडोका कारणले बालबच्चाहरुमा कडा खालको निमोनिया देखिएको, भाइरल ज्वरोको कारण शिशुहरुको मृत्य भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख कौशल अलीले बताए । जाडो महिनामा बच्चाहरुलाई चिसोले छिटो छुने भएकाले बच्चाहरुमा कडा खालको निमोनिया देखिएको उनले बताए ।

२ जना शिशुको जिल्ला अस्पताल कालीकोटमा उपचारकै क्रममा मृत्यु भएको हो भने एक जना उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा मृत्यु भएको यीनका परिवारले जनाएका छन् ।

९ महिने बालक लक्ष्मणको जिल्ला अस्पताल कालिकोटमा उपचार गर्दागर्दै मंगलबार राती मृत्य भएको हो भने गोवि बि.क.को १६ दिनको छोरालाई उपचारका लागि नेपालगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!