कालिकोटमा महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्यामा बृद्धि

Posted on: 09 Feb, 2018

माघ २६, कालिकोट । महिलाको चेतनाकोस्तर बढेसंगै हरेक क्षेत्रमा महीलाले आफ्नो अधिकार स्थापित गर्न थालेका छन् ।

पछिल्लो समय कालीकोट जिल्लामा भौतिक सम्पती महिलाको नाममा गर्नेको संख्यामा बृद्धि भएको छ ।

हालसम्म कालीकोट जिल्लामा चालु आर्थिक बर्षमा मात्रै महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एक हजार आठ सय पचपन्न पुगेको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख भक्तीप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार पहिले कालीकोट जिल्लामा महिलाको नाममा घरजग्गा नामसारी गर्नेको संख्या एकदम कम रहेको र हाल आएर शिक्षाको स्तरबृद्धि र चेतनाकोस्तर बृद्धिसंगै महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या बढेको छ । 

उता खाँडाचक्र नगरपालिकामा मात्रै महिलाका नाममा घरजग्गा नामसारी गर्नेको संख्या छ सय नाघेको पाण्डेले बताए ।

एकअर्कामा बिश्वास र सुमधुर सम्बन्ध स्थापित गर्न र सम्पतिमा पनि महिलाको समान अधिकार स्थापित गर्नको लागि श्रीमतीको नाममा घरजग्गा नामसारी गर्ने गरेको खाँडाचक्र नगरपालिका निवासी दिपबहादुर शाही बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!