कालिकोटमा बर्षाले जनजीवन प्रभावित

Posted on: 12 Feb, 2018

माघ २९, कालिकोट | सोमबार दोस्रो पटक भारी बर्षा सँगै हिमपात भएको छ । हिमपातले जाडो निकै बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार दिनभर लगातार वर्षा भएसंगै कालिकोट सदरमुकाम लगायतका अन्य लेकाली भेकहरुमा भने भारी हिमपात भएको छ ।

गत वर्ष पुसमा नै हिमपात भएको कालिकोटमा यस वर्ष भने माघमा मात्र हिउँ परेको छ । गत भदौ महिनादेखी परेको खडेरीका कारण सुक्न लागेको हिउदे बाली सप्रिने भएपछि किसानहरुले राहत महसुस गरेका छन् । हिमपात पछि कालिकोट सदरमुकाम मान्मदेखि देखिने उच्च हिमालय र चुचुराहरु सेताम्मे भएका छन् । भारी बर्षा र हिमपातका कारण कालिकोटमा अत्यधिक जाडो बडेको छ । सोमबार विहानैदेखि परेको पानि र हिमपातले जाडो निकै बृद्धि भएकाले नागरिकलाई सजकता अपनाउन प्रशाससनले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमूख जिल्लला अधिकारी राजकुमार दुलालले मौषम पुर्व अनुमान महाशाखाले मुलुकभर बर्षा र पहाडी तथा उच्च हिमाली भेकमा हिमपात हुने भनेर पत्राचार गरेको बताउँदै जिल्लाका स्थानीयलाई जाडोबाट जोगिन सबै स्थानीय तहका प्रमूखहरुलाई समेत जानकारी गराएको बताए ।

यसैगरी जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले झरीसंगैको बढ्दो चिसोका कारण बालबालिका र बृद्धाबृद्धाहरुलाई रुघाखोकी निमोनिया दम जस्ता रोगहरुबाट बच्न न्यानो कपडासहित तातोमा रहन आग्रह समेत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!