कालिकोटमा अपाङ्गता प्रतिशत पुनरावलोकन गरिने

Posted on: 22 Feb, 2018

फागुन १०, कालीकोट | सशस्त्र द्धन्द्धको समयमाअपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारत तथा पुनरावलोकन गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले विगत २०५२ सालदेखी ६२ सालसम्मको सशस्त्र द्धन्द्धको समयमा घाईते भई जीवन निर्वाह भत्ता पाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धाण तथा पुनरावलोकन गर्न लागेको हो ।

कालिकोट जिल्लाका बिभिन्न स्थानीय तहमा द्धन्द्धको समयमा अपाङ्गता भएर जीवन निर्वाह भत्ता पाउँदै आएका व्यक्तिहरुको डाक्टरको सिफारिसका आधारमा अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोक गर्न लागिएको प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी दिए । उनका अनुसार कालिकोट जिल्लामा द्धन्द्धको समयमा अपाङ्गता भई जीवन निर्वाह भत्ता खाने जम्मा ६५ जना रहेको र हालसम्म अपाङ्गता प्रतिशत निर्धारणका लागि ५१ जनाले मात्र प्रशासनमा निवेदन दिएको बताए ।

जीवन निर्वाह भत्ता खानेहरु मध्य १४ जनाले निवेदन समेत नदिएको समेत उनले जानकारी दिए । पहिले कतिपयको अपाङ्गताको प्रतिशत नखुलेको तर जीवन निर्वाह भत्ता लिँदै आएकाले त्यस्ता व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण गर्ने, पहिले अपाङ्गता प्रतिशत निर्धारण भएका व्यक्तिहरुको पनि विगतको अवस्था र अहिलेको अवस्थाको बारेमा जानकारी लिने प्रजिअ गौतमले बताए ।

उनले जीवन निर्वाह भत्ता खाने ६५ जना मध्य १२ जना शान्तिमन्त्रालयको कार्यदलमा नामै नभएकाहरु रहेका छन् भने थप १३ जनाले द्धन्द्धको समयमा घाईते भएपनि आफुहरुले जीवन निर्वाह भत्ता नपाएको भन्दै प्रशासनमा निवेदन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!