खाँडाचक्रको बाँझो जग्गामा वृक्षारोपण

Posted on: 08 Aug, 2018

साउन २३, कालिकोट | खाँडाचक्र नगरपालिका वडा नं. ६ निवासी नन्दबहादुर शाहीले बाँझो जग्गाको सदुपयोग गर्न वृक्षारोपण गरेका छन् ।  मोल्फा बजार नजिकै कर्णाली राजमार्गको आसपासको बाँझो जग्गाको सदुपयोग गर्न उनले वृक्षारोपण गरेका हुन् । कर्णाली राजमार्गसँग जोडिएको ३ हजार ७ सय वर्गमिटर जग्गा बाँझो रहेकाले उक्त जग्गामा कोलोन जातको युक्लीबिजका ३ सय २५ बिरुवा रोप्न लागिएको बताए ।

भारतको दार्जिलिङबाट काठ्माण्डौको शिवशक्ति बायुईनर्जी प्लान्ट प्रा.लि.को सहयोगमा बिरुवा ल्याई राप्ने लागिएको उनले बताए । युक्लीविजका पातबाट ईमो तेल, सन्चो तेल, बोक्राहरुबाट जुता, जकेट लगायतका सामानहरुमा लगाउने पालिस, मौरी पालन व्यवसाय सञ्चालन गर्नेहरुका लागि मौरीको आहारा, फर्निचरका बिभिन्न सामानहरु बानाउने बहु उपयोगी काठको रुपमा प्रयोग हुने उनले बताए ।

कालिकोट जिल्लाका अधिकांश भुभागहरु खाली रहेका छन् । ‘मैले मेरो बाँझो जग्गामा हरियाली बनाउनुका साथै आम्दानी पनि लिन सकिने भएकाले युक्लीविज जातका बिरुवा रोप्न लागेको हुँ’ उनले भने । बाँझो बारी छाडा पशुचौपाय चरिचरनमै सिमित भएकोले तयसको सदुपयोग गरिएको बताए । यस बर्ष आर्थिक अभावका कारण ३ सय २५ बिरुवा मात्र रोप्ने र अर्को बर्षमा थप बिरुवा खरिद गर्ने योजना उनले सुनाए । 


प्रति बिरुवा एक सय रुपैयाँमा खरिद गरेर ३२ हजार ५ सयका बिरुवा रोप्न लागिएको बताए । सन्चो तेल, जुता तथा जकेटमा लगगाउने पालिस लगायतका समानहरु बनाउने कच्चा पदार्थ तथा फर्निचरका बिभिन्न सामानहरु बनाउन सकिने बहुमुल्य हलुको काठ भएकाले आफुले बाँझो बारीमा रोप्न लागेको उनले बताए । उनले भने, यसको खेती गरिसकेपछि मौरी पालनन व्यवसाय र फर्निचर उद्योग सञ्चालन गर्ने तयारी रहेको छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!