अस्ट्रेलियन नागरिकको कालिकोटमा मृत्यु, शुक्रबार काठमाडौँ ल्याइने

Posted on: 15 Nov, 2018

कात्तिक २९, कालिकोट | कर्णाली नदीमा र्याफ्टिङ गर्दा डुबेर एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।  कालिकोट जिल्लाको शान्नित्रिवेणी गाँउपालिका–२ नजिकै कर्णाली नदीमा र्याफ्टिङ गर्दा नदीमा डुबेर ३१ बर्षिया अस्ट्रेलियन नागरिक एड्रिनको मृत्यु भएको हो । 

मुगुको रारा ताल अवलोकन गरि कर्णाली नदीमा र्याफ्टिङ गर्दै सुर्खेत तिर आउदै गरेका एड्रिन कर्णाली नदीको अम्ताडामा उनले चलाई रहेको बोट ढुङगामा ठोक्कीदा गम्भिर चोट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विनोद शर्माले जानकारी दिएका छन् । 


मुगबाट पाँच जनाको टोली सहित आएका अस्ट्रेलियन नागरिकहरुमा ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ  । कर्णाली नदीको अम्ताडा भन्ने स्थानमा नदीको बेग तिब्र र ठूल/ठूला ढुङगाहरु भएका कारण यस्तो घटना घटेको हुन सक्ने प्रहरीले जनाएको छ । 

मृतकको लास फेला परी जिल्ला सदरमुकाम मान्म ल्याईएको र शुक्रबार नै मृतक अस्ट्रेलियन नागरिकलाई हिलिकप्टर मार्फत काठ्माण्डौ पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!