जि.शि.का कञ्चनपुरले माग पुरा नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा

Posted on: 23 Apr, 2018

भाष्कर के.सी/बैशाख १० कञ्चनपुर | जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका शिक्षा अधिकारीले लापरवाहि मनपरी गर्दै आईरहेको भन्दै अनेरास्ववियु क्रान्तीकारीले जिल्लामा नारा जुलुस गर्दै आन्दोलन गरीरहेका छन् ।


 विद्यालयमा भईरहेको पुन भर्ना शुल्क खारिज गरिनु पर्ने, मापदण्ड विपरित स्थापना भएका बोर्डिङ स्कुलहरु खारिज गरीनु पर्ने, अधिक भर्ना शुल्क फिर्ता गर्नु पर्ने, चलखेलको आधारमा गरीएको शिक्षकहरुको सरुवा खारेज गरिनुपर्ने र शिक्षा अधिकारीले पुस्तक तथा भौतिक साधन वितरण मार्फत रुपैंया असुली गरीरहेको आरोप लगाउदै अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुर आन्दोलित भएको छन । 

अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्टले बिगतको समयमा भएका सम्भौता कार्यान्यन नगरेको र अबैधानिक रुपमा मापदण्ड पुरा नगरी संचालमा रहेका बोडिङ स्कुल बन्द नगरको र मनोमानि तरीकाले शूल्क वृद्दी गरेकोले अभिभावक र विद्यार्थि मारमा परेको बताए । 

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष कौलास गीरी अनुसार  जिल्ला शिक्षा कार्यालयले विगतको वर्षमा शिक्षामा भईरहेको विकृतिलाई हटाउने सम्झौता गरे पनि कार्यान्वयन नभएको बताए । शिक्षा अधिकारीलाई भेट्न जाँदा शिक्षा अधिकारी अमर प्रसाद भट्ट विदामा बसेको पाईयो तर हाजिर रजिष्टरमा अनुगमनमा रहेको पाईयो । शिक्षा अधिकारीले शिक्षामा भईरहेको विकृति र आफनो प्रबृति सुधार नगरेमा आफुहरुले शिक्षा अधिकारीहरुलाई जिल्लामा नरहन दिने र आन्दोलका कार्यक्रमहरु अगाडि बढाउने भन्दै चेतावनी दिएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!