कन्चनपुरका ९ वटै स्थानीय तहमा संविधान दिवस

Posted on: 19 Sep, 2018

असोज ३, कञ्चनपुर | नयाँ संविधान जारी भएको दुई बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ जारी भएको ३ असोजका दिन कञ्चनपुरमा पनि संविधान दिवस मनाईएको छ । दुई गाउँपालिका सहित सात नगरपालिकाले एकसाथ संविधान दिवस २०७५ मनाएका छन् ।

बुधबार बिहान जिल्लाका ९ वटै स्थानीय तहले एकसाथ बिहान संविधान दिवस मनाएका हुन् । बेलडाँडी, लालझाँडी गाउँपालिका, बेलौरी, पुर्नवास महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले आ–आफ्नो नगरपालिकामा दिवस मनाएका छन् । भीमदत्त नगरपालिका र जिल्ला समन्वय समितिले संयुक्त रुपमा दिवस मनाएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरका अनुसार सबै स्थानीय तहले एकसाथ बिहान आ–आफ्नो स्थानीय तहमा ¥याली निकाल्दै दिवस मनाएका छन् । संविधान कार्यान्वयनमा सरोकारवाला निकायले जोडदिएका छन् ।

 जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले संविधान कार्यान्वयनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिए । संविधान दिवसको जिल्लावासीलाई शुभकामना दिदै प्रमुख तामाङ्गले संविधानले थुप्रै उपलब्धी ल्याएको भन्दै रक्षा गर्नुपर्ने बताए ।


संविधान कार्यान्वयनका लागि कर्मचारी र जनप्रतिनिधीको भूमिका हुने उनको भनाई छ । ७ नम्बरका प्रदेश सभा सदस्य द्वय तारालामा तामाङ्ग र लाल बहादुर खडकाले संविधान कार्यान्वयनका लागि चुनौती रहेको बताए ।

संविधान आएको दुई बर्षपुरा भई तेस्रो बर्षमा प्रवेस गरेपनि यहाँका जनताले नौलो अनुभूति नै गरेका छैनन् । कञ्चनपुरका स्थानीय अगुवा पदम जोशीले दिवस मनाउने, सीमिति कागजमा संविधान, ऐन, कानुनी लेखेर मात्रै नयाँको जस्तो अनुभूति नहुने बताए । स्थानीयले संविधान कार्यान्वयनमा जोडदिएका छन् । बेलडांडी गाउँपालिकाको आयोजनामा संविधान दिवस भब्यताका साथ सम्पन्न भएको छ ।  बेलडांडी गाउँपालिकाका मुख्य बजार बेलडांडी र चवन्नी वजारको परिक्रम गरि बेलडांडी गाउँपालिकाको प्राङ्गणमा सभामा परिणत भई कार्यक्रम संचालन भएको बेलडांडी गाउँपालिकाका सुचना अधिकारी राज बहादुर बिष्टले बताए ।  संविधानको बारेमा सकारात्मक टिप्पणी गर्दै संविधानलाई स्वागत गरेका थिए । कार्यक्रमलाई भब्य बनाउन सुदूर पश्चिमेलीहरुको छलिया नाच र थारुसमुदायले खेल्ने सखिया नाच समेत कार्यक्रममा प्रस्तुत गरिएका थिए । कार्यक्रममा बोल्दै गापाका अध्यक्ष तथा कार्यक्रमका सभापति धन बहादुर थापा क्षेत्रीले संविधानले आफुहरुलाई दिएको अधिकार भन्दा दायाँ बायाँ नगई संविधानले दिएको अधिकार भित्र रही गापाको विकास गर्नेमा कठिबद्ध रहेको बताए । कञ्चनपुरका विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, विद्यार्थी, क्लब, समुहले विवित कार्यक्रम गरि भव्य रुपमा दिवस मनाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!