बरिष्ठ उपाध्यक्ष लम्सालको रिहाईको माग

Posted on: 04 May, 2019

वैशाख २१, कंचनपुर | गत साता कञ्चनपुर प्रहरीले चन्दा संकलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष विवेक लम्सालको रिहाईको माग गरिएको छ । शिक्षक संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै बरिष्ठ उपाध्यक्ष लम्सालको रिहाईको माग गरेको हो । शिक्षक संगठनले नेपाल सरकार श्रम मन्त्रामलयमा दर्ता नम्बर ३४९ अनुसार संगठन दर्ता भएको समेत जनाएको छ । ‘विशुद्ध पेशागत संगठन हो, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यसको विधान अनुसार यो कुनै पार्टी भातृ संगठन होईन् ।’

 शिक्षक कर्मचारीको पेशागत हित र शैक्षिक क्षेत्रको बारेमा मात्र आवाज उठाउने संगठन भएको दावि गरिएको छ । संगठनका बरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई चन्दा उठाउने र धम्क्याउने गरेकोभनि गिरफ्तार गरेको समाचार माध्यमबाट थाहा हुन आएकोले कसैको रिसिईबिका कारण गलत सुचना प्रशासनलाई दिएको हुनसक्ने शिक्षक संगठनले ठहर गरेको छ । 

सत्य तथ्य अनुसन्धान गरि गिरफ्तार शिक्षकलाई अबिलम्बन रिहा गरिदिन प्रशासन समक्ष अनुरोध गरिएको छ । संगठनका सचिव दिपेन्द्र बम र अध्यक्ष ओम प्रकास जोशीको नामाकरण भएको विज्ञप्तीमा विद्यालयको भर्ना अभियान तथा पठाईमा समेत प्रभाव पर्ने हुनाले लम्सालको रिहाईको माग अघि सारिएको छ । 

बृद्धआश्रममा फलफुल र स्वास्थ्य परीक्षण 

औसी अर्थात शनिबार आमाको मुख हेर्ने दिनको अवसर पारेर महेन्द्रनगरको एक समाजसेवी युवाहरुको समुहले रौटेला स्थि बृद्ध आश्रममा फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ । शनिबार दारी ग्याङ कञ्चनपुरका युवाहरुले समाजिक सेवा भन्दै फलफुल, जुस वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गराएको हो । दारी ग्याङ कञ्चनपुरका सल्लाहकार एव विद्यार्थी नेता नरेन्द्र भाटले आमाको सम्झना स्वरुप बृद्ध आश्रममा बस्दै आएका जेष्ठ नागरिकप्रति श्रद्धाचर्यताका लागि सदभाव प्रकट गरिएको बताए । उनका अनुुसार उनीहरुको समान्य स्वाथ्य परीक्षण रक्तचाप, ब्लडप्रेसर लगाए परीक्षण गरेर परामर्स दिईएको छ । दारी ग्याङकाअध्यक्ष भुपेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!