कन्चनपुरमा खोलामा डुबेर एक जनाको मृत्यु

Posted on: 08 Jul, 2018

असार २४. कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आज मृत्यु भएको छ । 

घर नजिकैको सुतिया खोलामा माछा मार्ने क्रममा रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीÔक ज्ञानबहादुर सेटीले बताउनुभयो । खोलामा डुबेको केही घण्टापछि मात्रै रानाको शव फेला परेको उहाँले बताउनुभयो । रानाको शव आफन्त जिम्मा लगाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!