कन्चनपुरमा गाडेको अवस्थामा युवतीको शव फेला (कंकालसहित)

Posted on: 16 Jul, 2018

भास्कर के.सी/असार ३२, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा गाडेको अवस्थामा युवतीको शव फेलापरेको हो । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा पर्ने मोहना लालझाडी वन क्षेत्रको अमखैया खोला नजिक जमीनमा गाडिएको अवस्थामा अन्दाजी १७ वर्षिया युवतीको शव फेला परेको हो ।


असार २६ गते कैलालीको अत्तरीया वजारमा सामान किनमेल गर्न गएकी र फर्कदा एक जना युवक संगै मोटरसाईकलमा आएकी र सोही दिन देखि वेपत्ता भएको युवतीका आफन्तहरुले प्रहरी समक्ष मौखिक रुपमा बताएका प्रहरीले जनाएको छ । प्रहरीले युवती हत्यामा संलग्न भएको आशंकामा  आइतबार बेलुका कृष्णपुर बाणीका मदन गिरीलाई नियन्त्रणमा लिएको र घटना वारे थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज विष्टले जानकारी दिनुभएको छ । हत्या गरेर जमिनमा गाडेको युवतीको शव सडेर कंकालमा परिणत भएको भेटिएको छ ।

युवतीले लगाएको कपडाको आधारमा मृत भएकी युवती कृष्णपुर नगरपालिका ८ शान्तीपुरकी कविता विष्टकै हुनसक्ने प्रहरीको अनुमान छ । युवतीलाई वलात्कार गरी हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!