कञ्चनपुरमा यात्रुवाहक भ्यान एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु, ११ जना घाइते

Posted on: 17 Jul, 2018

साउन १, कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ । 

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोक्ँिकएका हुन् । घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!