कन्चनपुरमा युवती हत्याको आशंकामा एक युवक पक्राउ

Posted on: 18 Jul, 2018

साउन २, कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ । 

कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । 

पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । दुई दिनअघि प्रहरीले विष्टको हत्याको आरोपमा २१ वर्षीय मदन गिरीलाई पक्राउ गरेको थियो । 

विष्टको असार ३२ गते बिहान १ बजे लालझाडी गाउँपालिका–५, लालझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो । विष्ट असार २६ गते घरबाट हराएकी थिइन् । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!