नयाँ स्काई केबुल टिभी नेटवर्क आउँदै, ठुला डिस टिभी प्रालिलाई झटका

Posted on: 05 Aug, 2017

भास्कर के.सी | साउन २१, कञ्चनपुर | कञ्चनपुरका युवा व्यवसायीहरुको एक समु्हले विना तार, विना छाताको, रिसिभरको प्रयोगबाट मात्रै चल्ने कञ्चन स्काई केबुल टि.भी नेटवर्क प्रा.लि. सञ्चालनमा ल्याउदैछन् । 

२०७२ फागुन २६ गते लाइसेन्स प्राप्त गरेको यस कञ्चन स्काई केबुल टि.भी.लाई सञ्चालनमा ल्याउन लागेको हो । नेटवर्क सञ्चालनको लागि सबै सामान आइसकेको र त्यसको जडानकार्य पनि अन्तिम अन्तिममा पुगेकोले भाद्रको पहिलो साता बाट सञ्चालन गर्ने कुनै कारण वस भाद्रको पहिलो साता सञ्चालन हुन नसके कुनै पनि हालतमा भाद्र महिना भित्र सञ्चालनमा ल्याउन लागेको नेटवर्क प्रा.लिका सञ्चालक कृष्ण बहादुर शाहले बताउनु भयो । हाल कञ्चनपुर जिल्लामा मात्र सञ्चालन हुने उक्त नेटवर्क २ वर्ष भित्र नेपाल अधिराज्य भरि सञ्चालन गरिने छ ।

१५० च्यानल प्रसारण हुने केबल टि.भीको शुल्क अरु टिभि च्यानल र डिस भन्दा सस्तो र एच.डी पिक्चर क्वालिटिका साथ प्रसारण हुने छ । साथै यस नेटवर्कको प्रयोगकर्ताले केही महिना भित्र इन्टरनेट, एफ.एम.को सुविधा पनि लिन सक्ने शाहले बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!