कृषि गतिबिधी | कन्चनपुर - KNC


आज असार १५, दहि चिउरा खाने दिन

Posted on June 29, 2020 | views : 8239 | कन्चनपुर - KNC

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो ।  आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि

Read More

सलह समातेर ल्याउनेलाई प्रतिकिलोको २० रुपैयाँ दिईने

Posted on June 27, 2020 | views : 8648 | कन्चनपुर - KNC

असार १३, काठमाडौँ | रुपन्देही क्षेत्रमा आज बिहानैदेखि ठूलो समूहमा देखिएको कीरा सलह भएको पुष्टि भएको छ । रुपन्देहीको बुटवल क्षेत्रमा आज बिहानदेखि ठूलो समूहमा देखा परेको कीरा कीटविज्ञले गरेको अध्ययनबाट सलह नै भएको पुष्टि भएको प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर सुवेद

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 14201 | कन्चनपुर - KNC

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

लकडाउनमैं किसान गहु काट्दै

Posted on April 02, 2020 | views : 1029 | कन्चनपुर - KNC

भाष्कर के.सी. | चैत २०, कञ्चनपुर | बिश्वब्यापी रुपम कोभिड–१९ कोरोना भाइरस महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर लक डाउन गरिएको छ तर कञ्चनपुरका किसान भने खेतमा गहूँ काटन व्यस्त छन् । वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खे

Read More

कंचनपुरमा अज्ञात रोगबाट २१ बाख्रा मरे

Posted on July 23, 2019 | views : 1369 | कन्चनपुर - KNC

साउन ७, कंचनपुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् । कराउने, थरथरी काम्ने, मुखबाट र्याल फालेर बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन् । स्थानीय बाख्रापालक

Read More

कञ्चनपुरमा छरुवा धान खेतीप्रति आकर्षणप्रति आकर्षण

Posted on July 17, 2019 | views : 1303 | कन्चनपुर - KNC

साउन १, कंचनपुर |  कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ ।  खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत

Read More

कन्चनपुरमा असार सकियो, रोपाइँ सकिएन

Posted on July 16, 2019 | views : 1206 | कन्चनपुर - KNC

असार ३१, महेन्द्रनगर | असारमहिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्

Read More

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

Posted on July 05, 2019 | views : 35277 | कन्चनपुर - KNC

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।   सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर

Read More

हावाहुरीबाट केरा खेती नष्ट

Posted on June 13, 2019 | views : 1192 | कन्चनपुर - KNC

जेठ ३०,कञ्चनपुरकंचनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् । कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १

Read More

कञ्चनपुरमा किसानलाई अनुदानमा तरकारीका बेर्ना

Posted on January 09, 2019 | views : 1008 | कन्चनपुर - KNC

 पुस २५, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयबाट किसानलाई तरकारीका बेर्ना उपलब्ध गराउन थालिएको छ ।  जग्गा भाडामा लिई वडा कार्यालयले तरकारीको नर्सरी स्थापना गरी किसानलाई उन्नत जातका तरकारीका बेर्ना उपलब्ध गराएको हो । लागत मूल्यको ५० प्रतिशत अनुदानमा किसानलाई काउली, बन्द

Read More

महाकालीबाट उखु भारत निर्यात हुन थाल्यो

Posted on January 07, 2019 | views : 1512 | कन्चनपुर - KNC

पुष २३, भीमदत्तनगर (रासस) | उचित मूल्य पाउन थालेपछि कञ्चनपुरको महाकाली नगरपालिकामा उत्पादित उखु भारतीय बजारमा निर्यात हुन थालेको छ ।  स्थानीय साना गुड उद्योगभन्दा सीमापारि भारतीय बजारमा सञ्चालित उद्योगमा उखु बिक्री गर्दा मुनाफा बढी हुने भएकाले उखु किसान बिक्रीका लागि भारत जाने गरेका छन् । 

Read More

हिम्मतले चलेका ३८ वर्षीय ‘रामसिंह’ व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिदैं

Posted on January 03, 2019 | views : 1011 | कन्चनपुर - KNC

 शेरबहादुर सिंह | पुस १९, भीमदत्तनगर (रासस) | परिस्थिति जति नै प्रतिकूल भए पनि निरन्तर सङ्घर्ष र परिश्रम गरे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका ३८ वर्षीय रामसिंह डगौंरा बन्नुभएको छ ।  थारू समुदायमा सानैबाट श्रम गर्न थाल्नुभएका डगौंरा श्र

Read More

अधिकृतको जागिर छाडेर गाईपालन

Posted on January 01, 2019 | views : 1454 | कन्चनपुर - KNC

 पुस १७,कनचन्पुर (रासस) |  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ ।  जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । ज

Read More

मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै

Posted on December 02, 2018 | views : 1143 | कन्चनपुर - KNC

मङ्सिर १६, कंचनपुर | आजभोली धेरै उब्जनी गर्ने भन्दै दिन प्रतिदिन हरियो साँग-सब्जी तथा अन्न उत्पादनमा अनेका प्रकारका रसायन, बोट विरुवामा लाग्ने किरा मार्न अनेक प्रकारका विषादी प्रयोग गरेर मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै आईरहेको छ । जसले गर्दा दिन प्रतिदिन नयाँ नयाँ रोगहरुको शिकार लागि रहेको

Read More

गहुँ छर्ने बेला रासायनिक मल अभावले किसानले चर्को मूल्य तिर्न बाध्य

Posted on November 18, 2018 | views : 881 | कन्चनपुर - KNC

मङ्सिर २,कञ्चनपुर। (रासस) । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् ।  अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुप

Read More

कंचनपुरको मटेनामा बाढीले नोक्सान पुर्याएको धानबालीको निरीक्षण

Posted on September 09, 2018 | views : 730 | कन्चनपुर - KNC

भदौ २४, महेन्द्रनगर | भिमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख भीम बहादुर शाहुले बाढीले धानबाली नोक्सान पुर्याएको क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन् । कार्य वाहक नगर प्रमुख शाहुले निरीक्षणका क्रममा क्षतिको जानकारी लिदैं खोला नियन्त्रण गरिने आश्वासन दिएका छन् । भीमदत्त नगरपालिका वडा नं. ९ मटेनामा गह

Read More

कञ्चनपुरका किसानलाई रु ६३ लाख अनुदान

Posted on August 10, 2018 | views : 1163 | कन्चनपुर - KNC

साउन २५, कञ्चनपुर | कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।  आर्थिक वर्ष २०७४÷७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान उपलब्ध गराइएको हो । किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लाग

Read More

ब्रह्मदेवमा गौविज्ञान अनुसन्धान केन्द्र, मुख्यमन्त्रीले उद्घाटन गर्ने

Posted on July 23, 2018 | views : 766 | कन्चनपुर - KNC

साउन ६, महेन्द्रनगर | भिमदत्त नगरपालिका वडा नं ९ ब्रह्मदेबमा गौविज्ञान अनुसन्धान केन्द्रको निर्माण कार्य पूरा गरिएको छ । छाडा पशु चौपायाको समस्यालाई मध्यनजर गरी अनुसन्धान केन्द्र निर्माण गरिएको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोेचन भट्टले साउन ९ गते अनुसन्धान केन्द्र उद्घाटन गराउने कार्यक्रम तय गरि

Read More

प्रदेश ७ मा कमजोर मनसुनले धानबाली सुक्न थाले

Posted on July 23, 2018 | views : 1583 | कन्चनपुर - KNC

साउन ७, धनगढी | यस वर्ष साउन महिना लाग्दासम्म प्रदेश नं ७ का अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ ।  आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।  रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको

Read More

दुई दशकदेखि तरकारीखेती

Posted on July 22, 2018 | views : 722 | कन्चनपुर - KNC

साउन ६, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका चौधरी समुदायका कृषक विगत २३ वर्षदेखि तरकारीखेतीमै आबद्ध छन् ।  गाउँमा ‘संगत तरकारीबाली कृषक समूह’ गठन गरेर तरकारीखेतीका लागि ऋण प्रवाहसमेत गर्दै आएका उनीहरू तरकारीका विक्रीका लागि बजारको समस्या रहेको बताउँछन् ।  समूहका पू

Read More

किसानलाई विरुवा वितरण

Posted on June 07, 2018 | views : 852 | कन्चनपुर - KNC

भास्कर के.सी | जेठ २४, कञ्चनपुर | भिमदत्त नगरपालिका कञ्चनपुरको सहयोगमा (आज) विहिबार बाट भिनपा–४, भृकुटी माध्यमिक विद्यालयको नजिकै रहेको जग्गामा लगाएको लहरे तरकारीका विरुवा वितरण गरेको छ । ५ प्रकारका ६० हजार लहरे तरकारी उत्पादन गरी भिमदत्तनगरपालिकामा रहेका किसानहरुलाई वितरण शुरु गरेको हो । ६० हजार वि

Read More

बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न नसकेको

Posted on June 06, 2018 | views : 36658 | कन्चनपुर - KNC

जेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ

Read More

कञ्चनपुरमा एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

Posted on May 17, 2018 | views : 792 | कन्चनपुर - KNC

जेठ ३ कञ्चनपुर | ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।  ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मा

Read More

कञ्चनपुरमा असिनापानीले २५ लाख बराबरको तरकारी बालीमा क्षति

Posted on April 30, 2018 | views : 1001 | कन्चनपुर - KNC

वैशाख १७ कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो ।  नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा

Read More

सेनाको सहयोगमा बृद्धा आश्रममा ‘कुखुरा खोर’ निर्माण

Posted on March 26, 2018 | views : 655 | कन्चनपुर - KNC

पहिलाद राना | चैत्र १२, कंचनपुर | नेपाली सेनाको सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाआश्रममा) ‘कुखुराको खोर’ निर्माण भएको छ । व्यवसायिक रुपमा कुखुरा पाल्नका लागि भवानी बक्स गणले एक खोर निर्माण गरेको हो ।  महिला तथा बृद्ध सेवा केन्द कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाको सहयोगमा १०० वटा क

Read More

कञ्चनपुरमा ४ लाख बराबरको आलुको बीउ उत्पादन

Posted on March 11, 2018 | views : 848 | कन्चनपुर - KNC

फागुन २७, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ ।  कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन ।  कार्डिनल २०, आइपिवाई आठ ३० र खु

Read More

तरकारी खेतीमा अनुदान

Posted on February 13, 2018 | views : 752 | कन्चनपुर - KNC

फागुन १, कञ्चनपुर | तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।  युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।  एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका ला

Read More

कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

Posted on February 04, 2018 | views : 755 | कन्चनपुर - KNC

माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।  नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।  च्याउ घरबाट किसानले चार हजार ५०० कि

Read More