सेनाको सहयोगमा बृद्धा आश्रममा ‘कुखुरा खोर’ निर्माण

Posted on: 26 Mar, 2018

पहिलाद राना | चैत्र १२, कंचनपुर | नेपाली सेनाको सहयोगमा महिला तथा बृद्ध सेवा केन्द्र (बृद्धाआश्रममा) ‘कुखुराको खोर’ निर्माण भएको छ । व्यवसायिक रुपमा कुखुरा पाल्नका लागि भवानी बक्स गणले एक खोर निर्माण गरेको हो । 

महिला तथा बृद्ध सेवा केन्द कञ्चनपुरका अध्यक्ष शारदा चन्दले सेनाको सहयोगमा १०० वटा कुखुरा पाल्न सक्ने क्षमताको खोर निर्माण गरिदिएको बताए । उनका अनुसार जस्तापातावाला खोर निर्माण गरिएको हो । बृद्ध आश्रमको स्थायी आयको स्रोतका लागि स्थानीय र गिरीराज जातका कुखुरा पाल्ने योजना रहेको अध्यक्ष चन्दले बताए । यस्तै मझगाँउमा रहेको सेनाको भवानी बक्स गणले नै बृद्धसेवा केन्द्रमा दुई चौतारा समेत निर्माण गरेको छ । भवानी बक्स गणका गणपति दिपक भण्डारीले समाजिक सहयोगका लागि बृद्धसेवा केन्द्रमा सहयोग गरेको बताए । 

बृद्धसेवा केन्द्रमा कुखुरा पाल्नका लागि खोर निर्माण भएसंगै कुखुरा पाल्न सहज भएको छ । यस्तैगरि बृद्धसेवा केन्द्रमा सोमबारदेखि हिंसा पीडित महिलाका लागि कुखुरापालन तालिम समेत शुरु भएको छ । पुर्ण सरसफाई अभिमुखिकरण कञ्चनपुरलाई पुर्ण सरसफाई गर्ने उदेश्यका साथ महेन्द्रनगरमा सरोकारवाला निकायसंग अभिमुखिकरण गरिएको छ । सोमबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरले जिल्लाका मुख्य सरोकारवाला संग अभिमुखिकरण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कञ्चनपुरका शाखा अधिकृत गौराज बहादुर लिम्बुले रणनीति बनाएर जिल्लालाई पुर्ण सरसफाई गर्ने उदेश्यका साथ अभिमुखिकरण गराईएको बताए । उनका अनुसार सरसफाईको गुरुयोजना निर्माण, मार्गदशन सिद्धान्त, अनुसार पुर्ण सरसफाईको अभियानमा जुटिनेछ । गत माघमा कञ्चनपुरलाई खुलादिशामुक्त घोषणा गरिएको अवस्थामा अब सरसफाईको अवस्था सुधार गर्दै पुर्ण सरसफाई गरिने बताए । 

राष्ट्रिय सरसफाई प्रशिक्षक कमल अधिकारीले सरसफाई सम्बन्धीको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधी, निजी व्यवसायी क्षेत्रका प्रतिनिधीले सरसफाईका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!