दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु

Posted on: 24 Feb, 2017


सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चादनी नगरपालिकाको भानु उच्च माध्यामिक विद्यालयको प्राङ्गनमा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको छ ।

शुक्रबार देखि सारदा समाजिक सामँन्ता विकास सघंको आयोजनामा दोधारा चादनी पर्यटन प्रवधन महत्सव सुरु भएको हो ।

दोधारा चादनीमा पर्यटन प्रवधन  तथा पर्यटकिय क्षेत्रको बिकास गर्न केहि वर्ष अगाडी बाट बन्द भएको  सारदा समाजिक सामँन्ता विकास सघं लाइ सुचारु रुपले संचालन गर्न , स्थानीय उत्पादन हरुको प्रदशनी, घरेलु बस्तु हरु को ब्यापार प्रबर्धन, स्वदेशी गारमेन्टहरुको बजार प्रबर्धन  गर्ने महोत्सब को मुख्य उदेश्य रहेको आयोजकले जानएको छ ।

महोत्सब मा बिभिन्न समुदाय को लोक सस्कृती का साथै हास्य ब्यङग्, दोहोरी डेउडा, नृत्य का साथै स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु को समेत बिषेश प्रस्तुती रहन मेला सांस्कृतिक समितीका संयोजक सन्तोष सुनारले बताउनु भएको छ ।

दुइ दिन सम्म चल्ने महोत्सबको अवलोकन गर्न सुदुरपश्चिम का बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत बाट समेत सर्बसाधारण आउने आयोजक ले आंकलन गरेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!